मोरङ कारागारमा एक कैदी बन्दीको छुट्ने दिन नै मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जनाए । मृतक सहनी कैद भुक्तान सकेर आज सोमबार छुट्दै थिए ।
लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर १९ गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालति फैसलापछि फरार रहेका उनि २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेपछि । जेल जिवन बिताईरहेका थिए ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शनिवार बिहान साढे ४ बजे उनलाई कोशी अस्पताल ल्याएको कारागार प्रशासनले जनाएको छ । छुट्ने दिन नै कैदिको मृत्यु भएपछि मृतकका आफन्तले घटनाका सम्वन्धमा सत्य तथ्य बाहिर नल्याए सम्म शव नबुझ्ने अडान राखेका छन् । छुट्ने दिनको खुशियालीमा रहेका आफन्तले कैदीको मृत्यु हुँदा समेत परिवारलाई कुनै जानकारी नदिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई समयमा जानकारी गराउन नसकेको बताए ।