कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ


editor@sajhakura December 21, 2024

पाैष ६

लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।
उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ बुझिसकेकाे र बाँकि रकम थुनामुक्त भएपछि लिने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *