रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि शुरुभएकाे छ ।
परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन हुने बताईएकाे छ । दक्षिण कोरिया (उत्पादन) का लागि सन् २०२४ मा
ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेकोमा अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।
ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा १ लाख ६४ हजार बढीकाे आवेदन परेकाे उल्लेख छ ।