असोज १५,
कोशी प्रदेशबाट फेरि मौसममा बदलीहुन शुरू भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशका अधिकांश भाग बादलले ढाकिरहेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशमा पनि देखिने बिभागले जनाएको छ ।
कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरको भनाई छ । उनका अनुशार विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनुका साथै मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बर्षाद हुने अनुमान गरिएको छ ।
यसैगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना रहेपनि ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् मानन्धरले जानकारी दिए । तर यसअघिको लगातारको वर्षादले देशका प्रायस भू–भाग नराम्ररी गलेको हुँदा थोरै पानी पर्दा परेपनि बाढी पहिरोको सम्भावना उल्लेख्य रहेको मौसम पुर्वानुमान शाखाको आँकलन छ ।