कोशी प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।
कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदले हस्ताक्षर गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनिवार बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए भने
आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्र आङ्बो र उनका समर्थक सनाखतका लागि उपस्थीत भएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस गरेपनि । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् ।
कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको सचिवालयले जनाएको छ ।
गत असोज २० गते हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्रीपदबाट राजीनामा गरेका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतवार आईतबार दिउँसो १ बजे हुने कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।