कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए


editor@sajhakura February 9, 2024

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्य मन्त्री तथा माओवादीबाट दुई जना मन्त्री थप्नु भएको हो ।
कांग्रेसबाट प्रदीप सुनुवारलाई स्वास्थ्यमन्त्री र रामकुमार खत्रीलाई कृषिमन्त्री बनाइने भएको छ । यस्तै, कांग्रेसकै इन्दिरा थापालाई आर्थिक मामिला राज्यमन्त्री र सुनीता गुरुङलाई आन्तरिक मामिला राज्यमन्त्री बनाइएको छ ।

यस्तै, माओवादीबाट नारायण बुर्जामगरलाई सामाजिक मामिला मन्त्री र राजेन्द्र कार्कीलाई खानेपानी मन्त्री बनाइएको छ । उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सपथ ग्रहण समेत गराउने कार्यक्रम छ । विस्तारसँगै कोशीको मन्त्रिमण्डल दश सदस्यीय भएको छ ।
श्राेत:ईमेज खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *