संखुवासभा असार ६
काेशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिता आजबाट संखुवासभाको खाँदबारीमा शुरु भएको छ । खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिता असार ६ गते देखि ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
त्यसैगरि भेट्रान्स तर्फको प्रतियोगितामा भारतका बिभिन्न प्रान्तहरु सिक्किम दार्जिलिंङ्, कलकत्ता र कोशी प्रदेशका ३० जोडि प्रतिश्पर्धी टिम रहने आयोजकको भनाई छ । पुरुष डवल तर्फको प्रतियोगितामा प्रथम हुने टिमले रु ६० हजार र उपबिजेताले रु ३५ हजार प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ प्रथम हुनेले रु ५० हजार र उपबिजेताले रु ३० हजार प्राप्त गर्ने आयोजक संस्था जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष राजु श्रेष्ठले जनाए ।
बिहिबार दिउँसो समुद्घाटन गरिएको प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि खाँदबारी सक्षम रहेका धारणा राख्दै आवश्यक तैयारी थाल्न आयोजकलाई आग्रह समेत गरेका थिए । उनले खेलको माध्यमबाट संखुवासभाको पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने धारणा राखेका थिए ।