श्रावण ११
नेकपा माओबादी केन्द्र आज कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
गएको असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सरकारमा गठबन्धन गर्ने सहमति भएपछि एमालेको नेतृत्वमा माओबादी सहित बनेको कोशी सरकारबाट माओबादी बाहिरिन लागेकोजनाईएको छ ।
केन्द्रिय तालमेल अनुशार नै प्रदेशमा पनि सरकार निर्माण हुने निश्चित भैसकेकाले माओबादी सरकारबाट बाहिरिन लागेको माओवादी केन्द्रले जनाएको छ।
कोशी प्रदेश सरकारमा माओवादीबाट स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर मन्त्रीमा नियुक्त भएका थिए । यस्तै माओबादीबाट पर्यटनमा बन्दना झागर राज्यमन्त्री रहेका थिए ।