कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई । - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।


editor@sajhakura June 22, 2024

संखुवासभा असार ८
कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फको उपाधि सुनिल कार्की र महेश खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको फाईनल खेलमा पविन लिङथेप र निश्चल खत्रीको जोडिलाई सोझो सेटले हराउदै ब्याडमिन्टन प्रतियोगितामा कार्की र खड्का विजयी भएका छन् ।
विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । उक्त खेलमा प्रमिश श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडि , बिसाल तामाङ र विवेक श्रेष्ठको जोडि तृतिय हुदै नगद रु १०/१० हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । संखुवासभाको खाँदबारीमा असार ६ देखि ८ गते सम्म संचालन भएको कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगितामा खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजिब श्रेष्ठ (राजु) ले जानकारी दिनुभयो ।
त्यसैगरि भेट्रान्स तर्फको (१०० माथि) प्रतियोगितामा जिबन कुमार बोगटि र श्रवण चौधरीको जोडिले संजय कपालि र रामराज आङ्दाङ्बेको जोडिलाई हराउदै विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३० हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । इन्द्र महता र देब तामाङ, अनिल लाखे र हरी खत्रीको जोडि तृतिय हुदै नगद रु ७ हजार ५ सय/ ७ हजार ५ सय साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् ।
भेट्रान्स तर्फ नेपालका बिभिन्न जिल्ला र भारतका बिभिन्न प्रान्तहरु दार्जिलिंङ्, कलकत्ताबाट ३० जोडि को सहभागिता रहेको खेल संयोजक जानकी बल्लभ पोख्रेले जानकारी दिनुभयो ।
त्यसैगरि संखुवासभा जिल्ला व्यापि खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा सफल श्रेष्ठ र अनमोल बुर्जाको जोडिले लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङको जोडिलाई हराउदै विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु १० हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् भने सुमन गौतम र सबिन तामाङ, साहिद र संदिप भगत श्रेष्ठको जाडि तृतिय हुदै नगद रु ५ /५ हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् ।
साथै कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल प्रतियोगिताका तर्फ सुनिल कार्की, भेट्रान्स तर्फको (१०० माथि) देब तामाङ र संखुवासभा जिल्ला व्यापि खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता तर्फ सफल श्रेष्ठ सर्वोकृष्ठ खेलाडि भएका छन् ।
असार ६ बिहिबार देखि संचालन भएका प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि खाँदबारी सक्षम रहेका धारणा राख्दै आवश्यक तैयारी थाल्न आयोजकलाई आग्रह समेत गरेका थिए । उनले खेलको माध्यमबाट संखुवासभाको पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने धारणा राखेका थिए । श्राेत: खाँदबारी एफएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *