कोशी ब्यारेजका ५६ वटै ढोका खोलियाे - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियाे


editor@sajhakura July 7, 2024
  1. असार २३
    सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

कोशी नदीमा तीन लाख ६८ हजार ६८० क्युसेक जलसतह मापन गरिएको कोशी नदी नियन्त्रण मापन केन्द्रका कर्मचारी धिरज कुमारले बताए।
उनले नदीमा पानीले खतराको तह पार गरेसँगै रेड अलर्ट जारी गरिएको र सबैलाई सुरक्षित स्थानमा जान भनिएको बताए।

पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि रातिदेखि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।
श्राेत: नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *