कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना


editor@sajhakura August 15, 2024

श्रावण ३१

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
आउँदो २४ घण्टामा सबै प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।
गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्कीलगायत ठाउँमा पानी परेको छ । उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *