कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने


admin September 1, 2023

शुक्रबार हुने भनिएको कोशी सरकार बिरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न अस्विकार गरेपछि स्थागित भएको छ । शुक्रबार स्थगित भएको रिटमाथि आईतबार १७ गते सुनुवाई हुने भएको छ ।

भाद्र १७ गते आइतवार सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुने तय भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको मत दिनु असंवैधानिक भएको ठहर गरेको थियो ।
गतभदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्दा सभाध्यक्षको मत गैरसंवैधानिक भएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले गत भाद्र १३ गते बुधवार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्र्दै आफुले संविधानसम्मत नै विश्वासको मत प्राप्त गरेको दाबी गरेका थिए ।
उनले कोशी सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत प्राप्त गरेको तर्क पेस गर्दै उक्त धारा अनुसार बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने भन्दै लिखित जवाफ प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *