क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क


admin August 30, 2023

भाद्र १३

चितवनमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सम्पुर्ण शैया निशुल्क गर्ने भएको छ ।
कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुत्ति हुनासाथ बसेको ब्यवस्थापन समितिको पहिलो बैठकले त्यहाँ रहेका साधारण शैया निशुल्क गर्ने घोषणा गरेको हो ।
यो निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउने निर्णय भएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताए । उनले अस्पतालका सघन उपचार कक्ष ९आइसीयू०, पोष्टअप र क्याबिनबाहेकक अन्य सम्पूर्ण जनरल बेडहरुमा लाग्दै आएको शुल्क पुर्णरुपमा हटाईएको बताए ।

चितवन स्थीत बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताललमा हाल सांलनमा रहेको कुल ४सय ५० मध्ये तीन सय ५० को हाराहारीमा रहेको साधारण शैया अवदेखि निशुल्क रुपमा उपलब्ध हुनेछ । त्यसैगरि अस्पतालमा भर्ना हुने बिरामीको खाना र खाजा समेत निशुल्क उपलब्ध गराईने भएको छ । उक्त बैठकले चितवन स्थीत बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशनमा डा. उमेश नेपाललाई नियुक्त गर्ने समेत निर्णय गर्नूका साथै सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गर्ने निर्णय समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

धेरै बिबाद र लामो समयको रस्साकसि पछि नियुत्ती लिनुभएको पौडेलले आफूले सकेको सहयोग र योगदान पुर्याउने प्रतिवद्धता जनाए ।
पदभार ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा पौडेलले अस्पतालका डाक्टर र अन्य चिकित्सकलाई आफुभित्र भएको ज्ञान, सिप र क्षमताको पुर्ण प्रयोग गरि मानवीय कार्यमा आफुलाई हरबखत समर्पण गर्न आग्रह गर्दै भगवानका रुपमा बिरामीले हेर्ने वातावरण श्रृजना गर्न सामुहिक रुपमा लागिपर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *