नेपाल क्रिकेट संघ क्यानको सम्पन्न निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्द र सचिवमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचत भएका छन्।
शनिबार बानेश्वरमा सम्पन्न निर्वाचनमा पूर्वकप्तान पारसले एक समय राष्ट्रिय खेलाडीसमेत रहेका कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै सचिवमा बिजय हाँसिल गरेका हुन् ।
पारसले ४८ मत ल्याउँदा मल्लले ३७ मत मात्र प्राप्त गरेका थिए ।
अध्यक्ष लगायत अन्य पदमा सहमति जुटेपनि शनिबार सचिव र सदस्य पदमा मात्र भोटिङ्ग भएको थियो । अध्यक्षसहित उपाध्यक्ष र कोषाध्यक्ष भने भने निर्विरोध भएका थिए। अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत भए।अध्यक्ष पदमा चन्दको मात्र उम्मेदवारी परेपछि उनी लगातार दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्। समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए।
