क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव - साझाकुरा

क्रिकेट कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई मासिक १ लाख तलव


editor@sajhakura February 26, 2024

नेपाल क्रिकेट सङ्घ (क्यान)को यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण गरेको छ । क्यानको आजको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको क्यानले उल्लेख गरेको छ । ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने क्रिकेटरहरुमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जना रहेका छन् । उनिहरुले मासिक एक लाख रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ । त्यसैगरि पुरुषतर्फ ‘बी’ श्रेणीका ६ जना क्रिकेटरले ७० हजार, ‘सी’ श्रेणीका ४ जनाले ५५ हजार, ‘डी’ श्रेणीका ७ जनाले ३५ हजार र उदीयमान श्रेणीमा पर्ने ७ जना क्रिकेटरले मासिक २५ हजार रुपैयाँ तलब पाउने निर्णय भएको क्यानले जनाएको छ ।

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगरले जनहि मासिक ५० हजार रुपैयाँ पाउने उल्लेख गरिएको छ । यस्तै ‘बी’ श्रेणीमा परेकी एकमात्र खेलाडी कविता कुँवरले ३५ हजार, ‘सी’ श्रेणीमा परेका पूजा महतो र अश्मिना कर्माचार्यले ३० हजार, ‘डी’ श्रेणीका ४ जनाले २५ हजार तथा उदीयमान श्रेणीमा परेका ८ जनालाई मासिक रु २० हजार तलव तोकिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *