खाँदबारीमा प्रेस स्वतन्त्रता दिवश मनाईयाे - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

खाँदबारीमा प्रेस स्वतन्त्रता दिवश मनाईयाे


editor@sajhakura May 3, 2024

मानव अधिकार तथा शान्ति समाज नेपालकाे आयाेजनामा संखुवासभाकाे खाँदबारीमा ३१ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाईएकाे छ ।
जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले प्रेस स्वतन्त्रता
बिना लाेकतन्त्रकाे कल्पना गर्न नसकिने धारणा राख्दै संञ्चार बिहिन समााजकाे कल्पना गर्नै नसकिने बताए । सम्बाेधनका क्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका उपाध्यक्ष कृष्णराज शाक्यले प्रेस सँधै निश्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए । अरुलाई खबरदारी गर्नुपर्ने भएकाले प्रेस जगत पहिले आफैं जिम्मेवार र बिश्वासनिय हुन आवश्यक रहेकाे उनकाे धारणा थियाे । सुशासन, मानव अधिकारकाे संरक्षण र अहिले समाजमा बढिरहेकाे भ्रष्टाचार, बिकृति बिसंगतिकाे अन्त्यका लागि प्रेस जगतकाे भुमिका महत्वपुर्ण रहने उपाध्यक्ष शाक्यकाे भनाई थियाे ।
कार्यक्रममा समापन मन्तब्यका क्रममा मानव अधिकार तथा शान्तिसमाजका केन्द्रीय सदस्य निर्मला गुरुङले सुचना प्रवाहमा खटिएका संञ्चारकर्मिहरु समाज र समुदायकाे महत्वपुर्ण हिस्सा भएकाले प्रेसजगतकाे सशक्तिकरण र पेशागत शुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी थिईन् ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा भएकाे भेलामा स्वतन्त्र एवं बहुलवादी प्रेसका प्रतिनिधिहरुले अफ्रिकन मुलुक नामिबियाकाे विन्डहकमा विन्डहक घोषणापत्र’ जारी गरेको थिए । उक्त दिनको सम्झनामा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवस घाेषणा गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *