खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न


editor@sajhakura December 27, 2024

संखुवासभा पाैष १२

भाषा बाँचे जाति बाच्छ, जाति बाँचे देश भन्ने नाराका साथ मेवाहाङ भाषाकाे बृहत् शब्दकाेष निर्माणका लागि पुर्खाभेला कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
संखुवासभाकाे खाँदबारिमा ४ दिनसम्म संचालित पुर्खा भेलामा संखुवासभा, भाेजपुर, सुनसरि , माेरंग, झापा र ईलाम जिल्लाका मेवाहाङ भाषा, संस्कृतिविदहरुकाे सहभागिता रहेकाे थियाे ।
बृहत् शब्दकाेष निर्माणका लागि आयाेजित पुर्खा भेला समापन समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रममका सभापति भाषा संस्कृतिविद शंकरदास मेवाहाङले भावि पुस्ताका लागि भाषा संस्कृति जाेगाउन पुर्खाहरुले याेगदान दिएमात्र भावी पुस्ताकाे जीवन सार्थक रहने धारणा राखे ।

कार्यक्रममा शिलिचाेङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले आफ्नाे भाषा शब्द र संस्कृति संरक्षणका लागि पुर्खाहरुले दिएकाे याेगदान ऐतिहाँसिक हुने बताए ।
कार्यपालिका सदस्यनरेन्द्र मेवाहाङ र
मेवाहाङ भाषाविद शिलि बिज्ञ दुर्गाकिरण राईले
पुर्खाहरुले अहिलेकाे पुस्तालाई बुझाउनु पर्ने
मेवाहाङका धेरै भाषा र शब्दहरु लाेपहुन लागेकाेमा चिन्ता ब्यक्त गरेका थिए ।
भाषाविद तथा प्रशिक्षक सुवास मेवाहाङले
शब्दकाेष निर्माण धेरै बर्षदेखिकाे प्रयास भएकाले यसकाे दस्तावेजिकरण गरिनु आवश्यक भएकाे बताए।
भाषाविहिन जातिकाे कुनै अस्तित्व नरहने वहाँकाे भनाई थियाे । शब्दकाेष निर्माण नहुँदा नयाँ पुस्तालाई समस्या हुनेभएकाले बैज्ञानिक दृष्टिकाेणबाट संसाेधन संस्करण गरिनु आवश्यक रहेकाेमा कार्यक्रममा वक्ताहरुले जाेड दिए ।।
सामाजिक, आर्थिक, भाैगाेलिक, र दैनीक जिवनकाे परिवेसले पनि भाषाकाे उच्चारण र प्रयाेगमा प्रभाव पार्ने भएकाले भाषा संस्कारकाे पुस्तान्तरणका लागि दस्तावेजिकरण गरिनुपर्ने कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे धारणा थियाे । जातिय भाषा, शब्द र विभिन्न जातिय पहिचान समावेशी लाेकतन्त्रकाे पनि पहिचान भएकाे बताउँदै लाेपान्मुख भाषा संरक्षणका लागि जाति र भाषालाई सुचिकृत गरिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।

अधिकांस बक्ताहरुले अरुण भ्याल्ली बहुभाषिक बहुुाँस्कृत, बहुजातिय साँस्कृतिक सम्पदाकाे अलाैकिक क्षेत्र भएकाले राज्यले समेत यश क्षेत्रकाे भाषा, लिपि र संस्कृतिकाे थप अनुशन्धान र संरक्षण गर्नमा ध्यान पुर्याउनुपर्ने शाक्यकाे भनाई थियाे ।
कार्यक्रममा हिमालय माबिका प्रअ वीर ब राई, पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, आदिवासि जनजाति पत्रकार महासंघका अध्यक्ष नवीन गुरुङ लगायतका संचारकर्मिहरुकाे समेत सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *