खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो


editor@sajhakura February 23, 2024

खाँदबारीमा पहिलाे पटक विश्व मातृभाषा दिवश मनाईएकाे छ । जिल्लाको सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको सेमिनार हलमा विश्व मातृभाषा दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको ह ।

दक्षिण एशियाली साहित्यिक सांस्कृतिक संगठन (एफ्साकल) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले संचालन गरेका थिए । हिमालय माध्यमिक विद्यालयका अध्यक्ष शेरबहादुर पराजुलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघ अध्यक्ष तथा संस्कृतिकर्मी सुनिता गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली मातृभाषीको तर्फबाट अध्यक्ष बुढाथोकीले कविता बाचन गरेर कार्यक्रम उदघाटन भएको घोषणा गरे । कवि कृष्णबहादुर चापागाई र कवि सुलोचना शर्माले नेपालीमा कविता बाचन गरेका थिए । तामाङ भाषामा डिकमाया तामाङ, कुलुङ भाषाको कविता संगम कुलुङ, लोहोरुङ भाषाको कविता गणेश केत्रा राई, शेर्पाको गित सोनाबुटी शेर्पा, नेवारी भाषाको गीत र कविता सीता शाक्यले प्रस्तुत गरेका थिए । त्यस्तै भोटे भाषाको गीत रिन्जीन भोटे र थुदोक भोटेले प्रस्तुत गरेका थिए । कार्यक्रमका बीच–बीचमा संचालक बुढाथोकीले आफ्नै समुहबाट मगर भाषा, याम्फू भाषा, याख्खा भाषा, लिम्बु भाषाका कविता सुनाए । कार्यक्रममा १२ भाषाका कविता र गीत प्रस्तुत गरिएका थिए । 

उपस्थित वक्ताहरुले बंगलादेशमा सम्पन्न दक्षिण एसियाली सांस्कृतिक संगठनको अध्यक्ष निर्वाचित भएकोमा साहित्यकार ताराबहादुर बुढाथोकीलाई बधाई ज्ञापन गर्दै राष्ट्रसंघीय युनेस्कोले सन् १९९९ मा घोषणा गरेको विश्व मातृभाषा दिवशका अवसरमा बंगलादेशले प्रदान गरेको भाषा साहित्य शिल्ड पनि बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *