माघ २
भुकम्पले सिकाएको पाठ, बलियो संरचना र सुढिृण पुर्वतैयारीको साथ भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा २७ औ राष्ट्रियं भुकम्पिय शुरक्षा दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, र नेपाल रेडक्रस सोर्साइटि जिल्ला शाखा संखुवासभाले खाँदबारी नगरपालिकाको सभाहलमा आज संंयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै भुकम्पिय शुरक्षा दिवस मनाएको हो ।
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, तिनवटै शुरक्षा निकायका प्रमुख, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नेपाल समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थीतिमा बिपद जोखिम न्युनिकरणका सावालमा छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले भुकम्पीय दृष्टीकोणले नेपाल अति जोखिमयुक्त क्षेत्रमा रहेकाले भौतिक संरचना निर्माणका गर्दा मापदण्डलाई बिषेस ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
वहाँले भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि दक्ष प्राबिधिक र निर्माणकर्मी उत्पादनका लागि बिषेस पहल गर्ने बताउनु भएको थियो । कतिपय नितिगत समस्याका कारण पनि बिपद जोखिम न्युनिकरणमा स्थानीय सरकारहरुले खुलेर सहयोग गर्ने अवस्था नरहेको बताउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले नेपालको भौगोलिक अवस्थीतिले पनि हामी बढि जोखिमयुक्त क्षेत्रमा रहेकाले बिपदसंग जुध्न संधै तैयारी अवस्थामा रहनुपर्ने धारणा राख्नुभएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जटिल भुगोल र भिरालो जमिन भएकाले भुकम्पको मात्र नभएर सबैकिसिमको जोखिम उच्च रहेको भन्दै हामीसिंग भएको सबै संयन्त्रहरु परिचालन गर्न सकिने अवस्थामा चुस्त दुरुस्त राख्नुपर्ने वहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले प्राकृतिक प्रकोप कतिबेला कुन रुपमा आईपर्छ त्यसको पुर्वतैयारी गरि बिपदत्तिसंग कसरी जुध्ने प्रतिकार्य क्षमता कसरी बढाउने भन्ने बिषयमा आजैदेखि सामुहिक योजना बनाईनुपर्ने सुझाव दिनुभएको थियो ।
पत्रकार महासंघ अध्यक्ष शाक्यले बिपक्तिको जोखिम घटाउन जिल्लामा रहेका सबै शुरक्षा निकाय, सबै संघसंस्थाले सामुहिक रुपमा जोखिमको पहिचान गरि बिपद प्रतिकार्यका लागि समेत संगसंगै जुट्न आवश्यक भएकोमा जोड दिएका थिए ।
२७ औ राष्ट्रियं भुकम्पिय शुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटिका तर्फबाट लक्ष्मी कार्किले भुकम्पको समयमा अपनाउनुपर्ने शुरक्षा बिधिका बारेमा जानकारी गराउनुभएको थियो,त्यसैगरि खाँदबारी नगरपालिकाका सामाजिक बिकास अधिकृत खेम निरौलाले बलियो संरचना निर्माणका लागि पालना गर्नूपर्ने निर्माण मापदण्डका बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक टंक बुढाथोकीले २०७२ सालको महाभुकम्प र यसले पुर्याएको मानवीय तथा भौतिक क्षतिको आँकडा प्रस्तत गर्नूभएको थियो ।
संखुवासभाको चैनपुर केन्द्र बिन्दु भएर नेपालमा १९९० साल माघ २ गते गएको महाभुकम्पको स्मरण गर्दै हरेक बर्ष माघ २ गते नेपालमा राष्ट्रिय भुकम्प शुरक्षा दिवस मनाईंदै आएको हो ।