खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित) - साझाकुरा
शुक्रबार, जेष्ठ ३, २०८२

खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित)


editor@sajhakura March 28, 2025

चैत्र १५ संखुवासभा ।
संखुवासभाको खाँदबारीमा निर्माणधिन खाँदबारी अस्पतालको भवनको आज अनुमगन गरिएको छ । भुईं तलामा देखिएको प्राबिधिक समस्याका कारण रेट्रोफिट गरिँदै गरेको भवनको आज जिल्ला स्थीत राजनितिक दल, नागरिक समाज र पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको हो ।
नव निर्मित भवनको तल्लो तलामा निर्माणकै चरणमा केहि त्रुटि देखिएको प्राबिधिक मुल्यांङ्कन पछि निर्माणकर्ताले अहिले भवनको रेट्रोफिटिंङको कामलाई तिब्रता दिईरहेको छ । भवन निर्माणको काम सम्पन्न नभएका कारण पुरानो भवनबाट उपचार सेवा दिन अत्यन्तै कठिनाई भैरहेको सरोकारवालाहरुले बताएका छन् । बिरामीको चाँप बढेकाले भुईमा राखेर उपचार सेवा प्रदान गरिएको ब्यापक जनगुनासो आएपछि सर्वदलिय सर्वपक्षिय अनुगमन गरि भवनको काम चाँडो सक्न जिल्ला समन्वय प्रमुख सुमन शाक्यले निर्देशन दिएका छन् ।
भवन निर्माणको म्याद सकिएपनि ठेकेदार र निर्माण कम्पनीको लापर्वाहिका कारण भवन निर्माण सम्पन्न गर्न लामो समय लागेको र अव चाँडैनै निर्माण कार्य सम्पन्न गरि नयाँ भवनबाट उपचार सेवा प्रवाह गरिने समन्वय प्रमुख सुमन शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *