खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम


editor@sajhakura February 10, 2025

माघ २८

खाँदबारी नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हिमालय मावि खाँदबारी प्रथम भएको छ । आइतबार सम्पन्न नगर स्तरिय प्रतियोगितामा २७ स्वर्ण, १२ रजत, १३ काँस्य सहित हिमालय मावि खाँदबारीले प्रथम स्थान हासिल गरेको हो ।

प्रतितियोगितामा मनकामना रत्न अम्बिका मावी तुम्लिङटार द्वितीय स्थान प्राप्त गरेको छ । मनकामनाले १५ स्वर्ण , १६ रजत , १२ काँस्य ल्याई द्धितीय स्थानमा चित्तबुझाएको हो । त्यसैगरी ९ स्वर्ण, ६ रजत, १३ काँस्य सहित सुर्य आवासीय मावि खाँदबारी तृतिय भएको छ । खाँदबारी नगरपालिकाको अयोजनामा सम्पन्न प्रतियोेगितामा खाँदबारी नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।
Source: arun sandesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *