खाँदबारी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह आज सम्पन्न भएको छ ।
सरोज कुमार बज्राचार्यको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख अतिथ्यतामा भएको साधारण सभा अधिवेशनले पुन सरोज बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डेगराज बस्नेत, सचीवमा उपेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ
सदस्यहरुमा फणिन्द्र निरौला, बिक्रम रत्न शाक्य, अञ्जना गौली, अनुपयुश शाक्य, सुवर्ण शाक्य, संजिव कुमार श्रेष्ठ र शुसीला श्रेष्ठ पराजुली चयन हुनुभएको छ ।
यसैगरि आज सम्पन्न अबिधेशनबाट लेखा समिति अध्यक्षमा लोकमणी मास्के, सचिव हेमराज निरौला चयन हुनुभएको छ ।
यसैबिच २५ औं बार्षिक साधारण सभा अधिवेशन तथा रजत जयन्ती समारोहमा संस्थापक अध्यक्ष स्वर्गिय जगत शाक्यलाई मरणोपरान्त सम्मान गरिएको छ ।
खाँदबारीमा पहिलोपल्ट खाँदबारी बचत तथा ऋण सहकारीको स्थापना र संचालनमा वहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै मरणोपरान्त सम्मान गरिएको खाँदबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज कुमार बज्राचार्यले जानकारी दिनुभयो । कार्यक्रममा पुर्व अध्यक्षहरु श्यामसुन्दर उदाश, युवराज शाक्य र शेयर सदस्यबाट माधब श्रेष्ठ सम्मानित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुमन शाक्यले सहकारीको निति अतिनै महत्वपुर्ण भएपनि पछिल्ला केहि अपचलनका घटनाहरुले सहकारीको मुल्य मान्यता र यसको महत्वलाई नकारात्मक रुपमा चित्रण गरिरहेको धारणा राख्नुभएको थियो । आफ्ना स्वर्गिय बुवा जगत शाक्यले स्थापना गर्नूभएको यो सहकारीकामे प्रगति र उन्नतिका लागि आफुले सकेको सहयोग गर्ने समेत प्रमुख अतिथी सुमन शाक्यले बताउनु भयो ।
पुर्व उपाध्यक्ष चित्ररेखा कार्की अधिकारीले कार्यक्रममा स्वागत मन्तब्य प्रकट गर्नूभएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष डेगराज बस्नेतले गर्नूभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रकट गर्दै पुर्व अध्यक्ष श्यामसुन्दर उदाशले सहकारीले बचतकर्ताहरुको आर्थिक समस्या हल गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दैआएको भएपनि कतिपय अवस्थामा संचालकहरुले लापर्वाही गरेका कारण र सरकारी संयन्त्रले अनुगमनमा कडाई नगर्दा सहकारीमा समस्या देखिने गरेको बताउनु भएको थियो ।
कार्यक्रममा पुर्वअध्यक्ष युवराज शाक्यले खाँदबारी बचत तथा ऋण सहकारी संस्थाकै पहलमा जिल्लामा पहिलो पटक सामुदायिक रेडियो खाँदबारी एफएम स्थापना भएको र त्यसले पुर्वी भेगका श्रोताहरुलाई सुचना र संचारको क्षेत्रमा ठुलो टेवा पुर्याएको बताउँदै अहिले रेडियोहरुको अवस्था धराशायी बन्दै गएकाले सबैको सहयोग आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
सुचना संचार र सामाजिक सचेतनाको लागि २०६४ साल देखि संचालीत खाँदबारी एफएम हाल दुरसंचार टोल स्थीत रेडियोको आफ्नै भवनबाट प्रसारण भैरहेको छ । प्रसारणका क्षेत्रमा ऐतिहाँसिक उपलब्धीका रुपमा रहेको रेडियोको श्रोता घट्दै गएकाले यसको प्रवर्धन र दिगोपनाका लागि सबै पक्षको सहयोग आवश्यक भएको पुर्व अध्यक्ष युवराज शाक्यको भनाई थियो ।
रजतजयन्तिकाे अवसरमा संस्थामा कार्यरत पाँच जना कर्मचारिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।