खाँदबारी बसपार्कमा यातायात काउण्टर उद्घाटन - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

खाँदबारी बसपार्कमा यातायात काउण्टर उद्घाटन


editor@sajhakura January 26, 2025

संखुवासभा माघ १३

खाँदबारी नगरपालिका १ बसपार्क क्षेत्रमा सडकमा अब्यवस्थीत रुपमा रहेका काउण्टर आजबाट ब्यवस्थीत गर्ने काम शुरु भएको छ ।
यातायातको साधनको चाँप रहेको सडक ढाक्ने गरि संचालनमा रहेका टिकट काउण्टरहरु आजबाट ब्यवस्थीत गर्न शुरु गरिएको हो । सडकमा रहेको काउण्टरका कारण दुर्घटनाको जोखिम बढेको, यात्रुलाई सेवा प्रवाहमा समस्या भएको र फोहोरमैलाले सौन्दर्य बिगारेको भन्दै आजबाट बसपार्क क्षेत्रमै टिकट काउण्टरलाई ब्यवस्थीत गरिएको हो ।
आईतबार बिहान एक कार्यक्रमको आयोजना गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उक्त काउण्टरहरुबाट सेवाप्रवाह शुरु गरिएको घोषणा गरे ।
बसकाउण्टरहरु अब्यवस्थीत हुँदा दुर्घटनाको जोखिम बढेको र सडक साँघुरो र घुईंचो हुँदा यात्रु र सेवाग्राहिलाई समस्या भएकाले यसलाई थप ब्यवस्थीत गर्न काउण्टर सारिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा खाँदबारी वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बसपार्क क्षेत्रको सुधारका लागि वडा र नगरले आगामि दिनमा थप कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरि खाँदबारी बसपार्कका जग्गादाता चक्र बहादुर बिसुंखेले धेरै बर्ष अघि आफुले दिएको जग्गामा बसपार्क स्थापना र ब्यवस्थीत भएकाले थप सुधारका लागि पहल गर्न खाँदबारी नगरपालिका र वडा नं. १ समक्ष आग्रह गरेका थिए । कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्का, संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो ।

बस काउण्टर ब्यवस्थापन समितिका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा भएको कार्यक्रम खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेका थिए ।
फाेटाे : सुरेन शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *