खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित ) - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित )


editor@sajhakura December 22, 2024

संखुवासभा पौष ७

वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ ।  फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो ।
सरसफाई अभियानमा जिल्ला प्रसाशन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, काँग्रेसका पुर्व जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, रेडक्रस सभापति सरोजकुमार बज्राचार्य लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले यो अभियानले फोहोर मैला ब्यवस्थापनका लागि जनचेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा राख्नुहुँदै यसको दिगो समाधानका लागि खाँदबारी नगरपालिकाले बिषेस कार्यक्रम ल्याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी शाक्यले पृथ्वी सबैको साझा भएकाले भावी पुस्ताका लागि समेत हामिले स्वच्छ वातावरणमा बाँच्न योग्यरुपमा यसलाई हस्तान्तरण गर्नूपर्ने दायित्व रहेको धारणा राख्नुभएको थियो । करिव एक सय जनाको सहभागिता रहेको सामुहिक सरसफाई अभियानमा त्यस क्षेत्रमा अब्यवस्थीत रुपमा रहेका प्लाष्टिकका बोतल, फुटेका शिसी लगायतका दुई ट्याक्टर फोहोर संकलन गरि खाँदबारी ९ स्थीत डम्पीङ्ग साईटमा पुर्याईएको पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जनाए ।
कार्यक्रममा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले फोहोर ब्यवस्थापनका लागि पत्रकार महासंघले शुरु गरेको अभियानको दिगोपनाका लागि वडाको तर्फबाट सकेको सहयोग उपलब्ध गराईने प्रतिवद्धता जनाएका थिए । वडाध्यक्ष श्रेष्ठले बसपार्क क्षेत्रमा रहेका काउण्टर संचालक, यात्रु र टोल बिकास समितिको सक्रियतामा चाँडैनै त्यस क्षेत्रमा दिगो सरसफाईका लागि वडाका तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा समापन मन्तब्य राख्दै महासंघका अध्यक्ष कृष्णराज शाक्यले पत्रकार महासंघले संचालन गरेको सरसफाई अभियानमा सहकार्य गर्ने खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्था लगायत सरसफाई अभियानमा सहभागि हुने, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, खाँदबारी नगरपालिका, रेडक्रस लगायत सबै सहभागिहरुलाई धन्यबाद तथा आभार प्रकट गरेका थिए ।

फोटो ः सुरेन शाक्य

s1

Leave a Reply

Your email address will not be published. Required fields are marked *