खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग


editor@sajhakura July 28, 2024

समाजसेवी तथा सुशासनविद् हिरामणि घिमिरे र सीता घिमिरेले खाँदबारी बालबिकास समाजलाई एक करोड रुपैया प्रदान गरेका छन्।

सङ्खुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौं चण्डोलमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै घिमिरेले पहिले समाजबाट आफूले विभिन्न प्रकारको सहयोग तथा लाभ लिएको र अहिले त्यसैको पैंचौ समाजलाई तिरेको बताए । ‘ मैले कुनै पैसा दिएको होइन, मैले समाजलाई पैचो फर्काएको मात्र हो’ घिमिरेले खाँदवारी वालबिकास समाजको उद्घाटन कार्यक्रममा भने–‘यो रकमबाट समाजमा रहेका वालवालिकाको स्वास्थ्य, शिक्षा तथा जीवनस्तर उकास्न सहयोग पुग्न सकोस् ।’

खाँदवारी बालविकास समाजले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा सहयोग पु¥याउने समाजका अध्यक्ष रामप्रसाद घिमिरे जानकारी दिए ।
त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काले समाजसेवी घिमिरे दम्पत्तिबाट अरुले पनि सिक्नुपर्ने जनाउँदै बालबालिकाको शिक्षा स्वास्थ्यको लागि आफूले पनि भरपुर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

श्राेत:राेजगार मञ्च डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *