खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

खाँदबारी युथ क्लवद्वारा पर्यटन प्रवर्धन,खाँदबारी रन आयोजना गरिने


admin October 4, 2023

संखुवासभाको पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्धन खाँदबारी रन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।


नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्थापना दिन प्रतियोगिता आयोजना गर्ने तैयारी गरिएको युथ क्लवका महासचिव सुरेन शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले २ लाख ६१ हजारको कुल लागतमा बिभागिय पुरुष टिम, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रस्ताव प्रस्तुत गर्दै प्रतियोगितामा सहकार्यका लागि जिल्ला स्थीत बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थासंग सहकार्यको अपेक्षा राखिएको बताए ।


क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्व तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने जनाईएको छ ।
क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी महासंघ अध्यक्ष ईन्द्र गिरीले आन्तरिक पर्यटन प्रवर्धन सहित युवा एकता र भाईचाराको भावना अभिबृद्धि गर्न क्लवले आयोजना गरेको प्रतियोगिताको सफलताका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

समापन मन्तब्य प्रकट गर्दे क्लवका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति मुनहाङ्ग गुरुङ्गले पर्यटन प्रवर्धन साथै आपसी सद्भाव अभिबृद्धिका लागि प्रतियोगिता संचालन गर्न लागिएकाले यसलाई सफल बनाउन सबैपक्षको सहयोग र सहभागिताको अपेक्षा राखिएको धारणा राखेका थिए ।
२०६१ सालमा स्थापित खाँदबारी युथ क्लवले खाँदबारीको पर्यटन प्रवर्धनका लागि नगरको सरसफाई, सुरक्षाका लागि सिसि क्यामेरा जडान र खेलकुद प्रतियोगिता साथै अन्य बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुको अगुवाई गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *