खेल क्षेत्रमा योगदान गरेकोमा श्रेष्ठलाई सम्मान - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

खेल क्षेत्रमा योगदान गरेकोमा श्रेष्ठलाई सम्मान


editor@sajhakura December 4, 2024

संखुवासभा मंशिर १८

खेलक्षेत्रमा योगदान पुर्याएका नेपाल भलिवल संघका केन्द्रिय सदस्य प्रवीण श्रेष्ठ सम्मानीत भएका छन् । जिल्ला भलिवल संघ संखुवासभाले खेलक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानीत गरेको हो ।
कोशी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्रि माननिय राजेन्द्र कार्की र खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले प्रमाणपत्र र दोसल्ला ओढाएर संघका केन्द्रिय सदस्य श्रेष्ठलाई सम्मान गरेको जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरेले जनाए । संखुवासभाको खेल क्षेत्रमा लामो समय देखि आवद्ध रहि खेलकुदको संस्थागत तथा प्राबिधिक पक्षको सुधारका लागि केन्द्रिय सदस्य श्रेष्ठले योगदान पुर्याउँदै आएका छन् ।
उनकै ब्यवस्थापनमा संखुवासभामा नेपाल भलिवल संघको दशौं राष्ट्रिय साधारण सभा तथा उनकै संयोजकत्वमा गत बर्ष ऐतिहाँसिक राष्ट्रिय भलिवल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *