संखुवासभा
माघ १५
संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेकाे छ । आज उनलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे हाे । हत्या आराेपी राईले गते माघ ६ गते खाँदबारी नगरपालिका– ९ तुम्लिङटारका ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरि फरार रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। हत्या अभियाेगि राईलाई सुनसरिकाे धरानबाट पक्राउ गरिएकाे डिएसपि श्रेष्ठको भनाई छ । प्रहरीले हत्या अभियाेग लागेका राईसंङ्ग मृतकबाट लुटिएकाे सुन खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरि अनुशन्धान गरिरहेकाे जनाएकाे छ । यश अघि हत्या अभियाेगि राईले तुम्लिङटारमा ज्याला मजदुरिकाे काम गर्दै आएकाे प्रहरिकाे दाबी छ ।
बाँकि भिडियाेमा
