गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा - साझाकुरा

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा


editor@sajhakura October 18, 2023

द्वन्ग्रस्त गाँजाकाे एक अस्पतालमा रकेट आक्रमण हुँदा ५ बढिकाे मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको हाे ।  

सैंयौंको सङ्ख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको गाजाको स्वास्थ्य विभागलाई उध्रित गर्दै बिबिसिले जनाएकाे छ ।

स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। अस्पतालका एकजना चिकित्सकका अनुसार झन्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए।

उनले आक्रमण पछि अस्पतालको ८० प्रतिशत सेवा प्रभावित बनेको बताए।  
आक्रमण पछि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रीयससले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *