गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी


admin October 23, 2023

इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो ।

इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएको छ । उहाँले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गर्नुभएको छ ।

इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ ।

युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । गाजा क्षेत्रको अवस्था जटिल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *