श्रावण ११
गायक लक्ष्मीप्रसाद अर्थात एलपी जोशीको ८८ वर्षको उमेरमा निजि निवास झापामा निधन भएको छ । झापाको दमक–१ मा बसोबास गरिरहनुभएका जोशी हिजो बेलुका देखि बेहोस अवस्थामा रहनुभएको र वहाँको
लाइफ लाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको जनाईएको छ । वि.सं. १९९३ मा धनकुटामा जन्मनुभएका गायक जोशीले रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ पूर्वेली लोकभाकाका गीत कालजयी गीतहरु गाउनुभएको थियो । वहाँ कुशल गायक मात्र नभएर सफल अभिनेता पनि हुनुहुन्थ्यो । जोशीले चलचित्र ‘हिजो आज भोलि’ लगायत बिभिन्न नौवटा चलचित्रमा अभिनय निभाउनु भएको थियो ।