गुल्मीको मुसिकोट नगरपालिका ६ मा पर्ने कुर्घाको कुर्घा निम्न माध्यमिक विद्यालयमाआज दिउसो सवा तीन बजे अचानक चट्याङ् पर्दा ८ विद्यार्थीहरु घाइते भएका छन । विद्यार्थाी घाइते भएको विद्यालयका प्राधानाध्यापक मोति प्रसाद शर्माले जानकारी दिए ।
चट्याङ्बाट घाइते हुनेहरुमा ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, वुद्धिमाया नेपाली र कल्पना विक, कक्षा ६ मा अध्यनरत ईसा घर्ती, झलका विक, अनुजा विक र कक्षा ८ मा अध्यनरत अनिशा विक रहेका छन् ।
उनिहरु मध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रधानाध्यापक शर्माले बताए । घाइते अन्य चार जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन ।
चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा पढिरहेका थिए । पानी सिमसिम परिरहेको मयमा एक्कासि चट्याङ् परेपछि कक्षा कोठाको पछिल्लो पंक्तिमा बसेका छात्राहरु घाइते भएकाे उनिहरुकाे
केहीको कपाल, टाउको र कम्मर माथिको भाग डढेकाे छ ।