गृह मन्त्रालयले आज दस जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको छ । गृहले आज बिहिबार गरेको निर्णय अनुशार सोलुखोम्बुका खिमराज भुसाललाई सुनसरी, रसुवाका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई बैतडी, कालिकोटका जोरासिंह माझीलाई बाँके, बझाङका नारायणप्रसाद पाण्डेयलाई सुर्खेत, म्याग्दीका तुल्सीराम पौडेललाई नुवाकोट, मुगुका मोहनबहादुर थापालाई सल्यान, डोल्पाका भुमिश्वर पोखरेललेलाई सिन्धुली, हुम्लाका श्रीनाथ पौडेललाई गोरखा, मनाङका सुप्रभा ढुंगेल खनाललाई गृह मन्त्रालय, र ताप्लेजुङका गोमादेवी चेम्जोङलाई इलाम सरुवा गरेको गृहले जनाएको छ ।
त्यसैगरि बझाङको सीडीओमा बिश्वमित्र कुइकेल, दैलेखमा खिमराज भुसाल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, रसुवामा वेदनिधि खनाल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई पठाउने निर्णय भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
यसैगरि ४० उपसचिवको पनि सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।