गोर्खा वेल्फेयर ट्रष्टले संखुवासभाको पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम आयोजना गर्नेभएको छ ।
गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोग तथा पाँचखपन नगरपालिकाको संयोजनमा जन्मेदेखि २४ महिना सम्मको बालबालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत आगामी कार्तिक १५ देखि १८ गते सम्म मास स्कृनिङ्ग कार्यक्रम आयोजना गरिने वेलफेयर ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए । यो कार्यक्रमबाट कुपोषित बालबालिकाको पहिचान र उनिहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शुरु गरिने उनले बताए ।
पाँचखपन नगरपालिकाको वडा नं. १ देखि ९ सम्म घरदैलो कार्यक्रम गरि कुपोषित बालबालिकाको घरघर सम्म महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मिहरु परिचालन गरिने ज्ञानु भोटेको भनाई छ ।
कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्वन्धीत वडाको स्वास्थ्यकर्मिहरु परिचालन गरि घरदैलो अभियान संचालन गरिने ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए ।
स्कृनिङ्ग कार्यक्रमबाट करिव सात सय ५० बालबालिका लाभान्वीत हुने गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ ।