ग्यालेक्सी फो के टिभि संचालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी - साझाकुरा
सोमवार, असार ३२, २०८१

ग्यालेक्सी फो के टिभि संचालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी


admin September 11, 2023

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जिबी० राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जि जारि गरिएका राई ग्यालेक्सी फोरके टेलिभिजनका हालका संचालक समेत रहेका छन् ।
जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष हुँदा बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि लगाईएको प्रहरीको भनाई छ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९ सय ७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले जनाए । गत श्रावण ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गर्दै सर्वसाधारणलाई सुसुचित गरेको थियो । उक्त सार्वजनिक सुचना भएपश्चात निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ जाहेर दिन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *