चट्याङले ७२ भेडा मरे - साझाकुरा
शनिबार, असार ३०, २०८१

चट्याङले ७२ भेडा मरे


editor@sajhakura May 21, 2024

संखुवासभाकाे सभापोखरी गाउँपालिका–५ पेरुम्बामा चट्याङले सोमबहादुर लिम्बूको भेडिगोठमा रहेको ७२ वटा भेडा मरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार आइतबार राति करिब ११ बजेको समयमा वर्षासँगै चट्याङले भेडी खर्कमा भेडा मरेको अवस्थामा भेटिएको हो ।
घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट प्रनानि हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली तथा सभापोखरी गाउँपालिकाबाट पशु प्राविधिकसहितको टोली खटिगई स्थलगत जाँचबुझ तथा घटनास्थल मुचुल्का गरेको प्रहरीले जनाएको छ ।

चट्याङबाट अनुमानित १४ लाखबराबरको क्षति भएको प्रहरीको भनाइ छ । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी– ५ का लिम्बूको भेडीगोठमा चार सय भेडा रहेको बताइन् । तीमध्ये ७२ वटा भेडा चट्याङले मारेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।
श्राेत:नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *