संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट एक घरमा क्षति पुगेको छ ।
मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको चन्द्रा मोत्तान तामाङ्गको घरमा आगलागि हुँदा करिब २० क्षति भएको छ भने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे स्थानीय समाजसेवी तारा दर्नालले बताए ।
आगलागिबाट तामाङ्गको घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको स्थानीयबासिन्दा दर्नालले जानकारी दिए । बिजया दशमी अर्थात टिकाको दिन तामाङ्गको परिवार आफन्तजनको घरमा टिका थाप्न गएका थिए । स्थानीयले उनको घर जलेको देखेर हार गुहार गरेपछि स्थानीयबासिन्दहरु आगो निभाउन जुटेका थिए ।
बिजुली सट भएर आगलागि भएको आँकलन गरिएको छ । हिजो मंगलबार दशैंको टिकाथापी रमाईलो गर्नूपर्ने क्षणमा उनको घरमा भने रुवाबासी चलिरहेको थियो । आगलागिबाट घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएपछि अहिले आफन्त र छरछिमेकको सहारामा दैनीकि गुजार्न परिरहेको उनले बताईन् । केहि बाँकि रहेन, आफ्नो ज्यान बाहेक केहि बचाउन सकिन । आफ्नो परिवार सबै घरबाहिर रहेकाले ठुलो मानवीय क्षतिहुनबाट बच्न सफल भएको उनले बताईन् ।
आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्था आएको आगलागि पिडित चन्द्रा मोक्तान तामाङ्गको भनाई छ ।
यसैबिच आगलागिबाट घरजलेर नष्ट भएको समचार सामाजिक संजालमार्फत जानकारी भएपछि हाल जर्मनमा बस्दै आएकी आशिका तामाङ्गले अग्नी पिडित तमाङ्ग परिवारलाई केहि राहत सामग्री उपलब्ध गराएका छन् । लत्ताकपडा, केहि थान सिरक डसना लगायतका अति आवश्यकिय सामग्री सहयोग गरिएको स्थानीय तारा दर्नालले जानकारी दिए ।