चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी


admin August 31, 2023

भाद्र १४, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो ले चन्द्रमाको सतहमा अक्सिजनको संकेत मिलेको दावी गरेको छ ।
भारतको चन्द्रयान–३ को रोभरले त्यहाँ अक्सिजन र धेरै मात्रामा खनिज पदार्थको सङ्केत फेला पारेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अगष्ट २३ मा भारतले चन्दमाको दक्षिणी धु्रवमा चन्द्रयान ३ सफल रुपमा अवतरण गराएपछि चन्द्रमाका बारेमा धेरै जानकारीहरु संकलन भैरहेको जनाईएको छ । चन्द्र सतहमा सिलिकन, टाइटेनियम, म्याग्नीज, क्रोमियम, क्याल्सियम फलाम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थहरु रहेको प्रज्ञान रोभरमा जडित लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप ९एलआईबीएस०’ उपकरणद्वारा संकेत मिलेको दावी गरिएको छ ।

रोभरमा जडित उपकरणले दक्षिणी ध्रुवनजिक चन्द्र सतहमा सल्फर टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम जस्ता खनिजपदार्थको रहेको र त्यहाँ अहिले हाईड्रोजन रहेको नरहेको बारेमा अध्ययन अनुशन्धान भैरहेको ईसरोले एक्स ट्वीटर मार्फत जानकारी गराएको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *