चन्द्र सतहमा अक्सिजन र धेरै खनिज भेटिएको दाबी - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

चन्द्र सतहमा अक्सिजन र धेरै खनिज भेटिएको दाबी


editor@sajhakura August 30, 2023

भाद्र १३

गत बुधबार चन्द्रमामा चन्द्र यान ३ अवतरण भएपछि चन्द्रसतहका बारेमा धेरै रहस्यहरु पत्ता लागेको भारतीय अन्तरिक्ष अनुशन्धान संगठन ईसरोले दावी गरेको छ ।

ईसरोले चन्द्रमाको सतहमा प्रसस्त मात्रामा अक्सिजन र धेरै किसिमका खनिज पदार्थहरु रहेको सङ्केत मिलेको जनाएको छ ।
भारत गत बुधबार चन्द्रयान–३ को विक्रम रोभर चन्द्रमामा अवतरण गराउन सफल भएको थियो ।
चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थ रहेको पत्ता लागेको इसरोले जनाएको छ ।

रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर ९एस० को रहेको समेत पुष्टि गरेको इसरोलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

ईसरोले अहिले चन्द्रमाको सतहमा हाईड्रोजनको खोजि गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *