चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर


editor@sajhakura December 31, 2024

पाैष १६

कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् लो निङ्दोङ चाक्चाकुर येले सम्बत ५०८५ को अवसरमा आयोजित खुल्लाा कर्मचारी/शिक्षक डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि विकास राई र सोम्बर चौधरीले जितेका छन् ।

नेपाल किराँत कुलुङ कर्मचारी संघ सङ्खुवासभाको आयोजनामा सोमबार सम्पन्न प्रतियोगिताको उपाधि सँगै राई र चौधरीको जोडिले नगद १५ हजार रुपैयाँ र ट्रफी हातपारेका हुन् । खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा शनिबार देखि प्रतियोगिता सुरुभएको हो ।
उपविजेता बनेका रुद्र श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जाेडिले १० हजार प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने दिनेश खालिङ र राज विक्रम लिम्बुको जोडिले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने केशव घिमिरे र आशिष चौहानको जोडिले नगद २ हजार ५ सय रुपैयाँ पाएका छन् । 
समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पुर्व स्वास्थ्य मन्त्रि राजेन्द्र कार्कीले कुलुलुङहरुको महान चाड चाक्चाकुरको शुभकाना दिदै विजयी खेलाडीहरु शुभकामना दिए । प्रतियोगिता समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले समेत चाक्चाकुरको शुभकामना सहित मनतव्य राखे । 
चाक्चाकुर येले सम्बत ५०८५ अवसरमा कुलुङ समुदायको सांस्कृतिक झाँकी सहितको सद्भाव तथा शुभकामना र्यालीले खाँदबारी नगर परिक्रमा गरी खेल सञ्चालन भएको कवर्ड हलमा सास्कृत झाँँकीहरु प्रस्तुत गरिएको खेल संयोजक प्रविन तोमोछा कुलुङले जानकारी दिए । 
श्राेत:अरुण शन्देस

Leave a Reply

Your email address will not be published. Required fields are marked *