चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति


editor@sajhakura November 18, 2024

३ मंसिर,
दुर्घटनामा ज्यान लिएको आरोपमा पक्राउ परेका चालक झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच अन्तत सहमति जुटेको छ ।
दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाईने भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

काठमाडौंको शंकरापुरमा गत कार्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा
कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको घटनास्थलमै र उनकी गर्भवती पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भै उपचारका क्रममा मृत्यु भएको थियो ।
भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किन पुगेको थियो । चालक झाँक्रि प्रकाश भुजेल र मृतकका परिवार बिच के कस्तो सहमति भएको हो त्यो भने प्रष्ट भैनसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *