चाैथाे मादी राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता आयाेजना गर्दै मादी नगरपालिका - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

चाैथाे मादी राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता आयाेजना गर्दै मादी नगरपालिका


editor@sajhakura March 6, 2025

फागुन २२
मादी संखुवासभाका मादी नगरपालिकाले चाैथाे मादी राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता आयाेजना गर्ने भएकाे छ । आज मादी नगरपालिकाकाे सभाहलमा पत्रकार सम्मेलन गरि नगर प्रमुख जीवन लिङ्थेपले प्रतियाेगिताबारे बिस्तृत जानकारी दिए ।फागुन २९ देखि चैत्र ३ सम्म संचालन हुने प्रतियाेगितामा प्रथम हुने टिमलाई ७५ हजार, दितियलाई ५० हजार र तृतृय हुने दुई टिमलाई २० हजारकाे पुरस्कार ब्यवस्था छ भने प्रथम हुने महिला टिमलाई रु ४० हजार दितियलाई ३० हजार र तृतिय दुई टिमलाई १० हजारका दरले नगद पुरस्कार , ट्रफि, मेडल र प्रमाणपत्रकाे ब्यवस्था रहेकाे नगरप्रमुख लिङ्थेपले जानकारी दिए ।
चाैथाे राष्ट्रिय ब्याडमिण्टन प्रतियाेगिताकाे नारा पृथक पहिचान: मादी नगरकपालिकाकाे शान रहेकाे छ । नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, सहसचिब दुर्गेश पाैडेल, काेषाध्यक्ष अनिष बिष्ट, प्रदेस परिषद सदस्य ध्यान कुलुङ, सदस्य जनक चापागाईं, दुर्गा कटुवाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *