चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन


editor@sajhakura September 26, 2023

पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।

मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी र चिकित्सकहरुबीच केहीबेर तनाव समेत उत्पन्न भएको थियो । लमजुङ सुन्दरबजारकी एक ५७ वर्षीया बिरामी महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

चिकित्सकहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र कुटपिटमा संलग्न ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *