चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु


editor@sajhakura December 19, 2023

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *