चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह


editor@sajhakura September 28, 2023

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा ४ बजे प्रक्षेपण गरेको थियो ।

यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *