चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


editor@sajhakura December 5, 2024

मंसिर २०
प्रधानमन्त्री केपी शर्मा ओली आज चिनको चार दिने भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा गएका ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने बताईएको छ । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरिएको भ्रमण टोलिले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर गरिएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी गरिनुका साथै विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयको भनाई छ । भ्रमणका अवसरमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गरिएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउने लगायत चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईएको जनाईएको छ ।
प्रधानमन्त्री ओलीले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थीत सङ्ग्रहालय अवलोकनसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *