फोटोः सामाजिक संजाल
मंशिर ३
संखुवासभामा भएको छुट्टा छुट्टै घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् । सिलिचोङ्ग ३ स्थीत तेवा भिरमा मौरिको मह काड्ने क्रममा भिरबाट लड्दा स्थानीय राजन राईको मृत्यु भएको छ भने मकालु २ स्थीत सेदुवा कासुवा हाईड्रो पावरको ट्राक ओपन गर्ने क्रममा जेसिवी दुर्घटनामा पर्दा मकालु २ सेदुवाका सुरबिर राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार ट्राक ओपन गर्ने क्रममा संचालन गरिएको जेसिबी करिव एक सय मिटर मुनि झर्दा घटनास्थलमै उनको ज्यान गएको संखुवासभाका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।