जग्गादाता मन बहादुर सम्मानित - साझाकुरा
शनिबार, असार ३०, २०८१

जग्गादाता मन बहादुर सम्मानित


editor@sajhakura November 19, 2023

नेपाली काँग्रेस चिचिला ५ नं वडा कार्य समिति संखुवासभाले चिचिला ५ नं वडा कार्यालयलाई निशुल्क रुपमा जग्गा दिने जग्गादाता मन बहादुर राई (ठालुमान) लाई एक कार्यकमका बिच सम्मान गरेकाे छ । चिचिला ५ का पुर्व वडाध्यक्ष समेत रहेका जग्गादाता राईले संखुवासभा चिचिला ५ काे वडा कार्यालय भवन निर्माणका लागि करिब ५ राेपनी जग्गा निशुल्क प्रदान गरेका थिए ।
नेपाली काँग्रेस ५ नं वडा कार्य समितिका सभापति फत्तिमान गुरुङकाे सभापतित्व तथा निवर्तमान जिल्ला सभापति दीपन कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा नेपाली काँग्रेस काेशी प्रदेस सदस्य राजेन्द्र घले काँग्रेस जिल्ला सचिब टकमान घलेकाे समेत उपस्थिति रहेकाे थियाे ।

जग्गादाता सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सचिब टकमान घलेले कराेडाैं मूल्य बराबरकाे जग्गा सरकारलाई निशुल्क उपलब्ध गराउने मनकारी समाजसेवी मन बहादुर राई (ठालुमान)ले चिचिला गाउँपालिकाकाे बिकास र संम्बृद्धिका लागि पुर्याउनु भएकाे याेगदान युवाहरुले भुल्न नहुने धारणा राखेका थिए ।
वडाध्यक्ष चन्द्रबिर राईले संचालन गरेकाे सम्मान कार्यक्रमलाई सम्बाेधनका क्रममा प्रमुख अतिथी काँग्रेस निवर्तमान जिल्ला सभापति दीपन कुमार श्रेष्ठले दानवीर मनबहादुर राईले चिचिला गाउँपालिकाकाे सामाजिक आर्थीक र राजनितिक बिकासका लागि गर्नुभएकाे याेगदानबाट युवाहरुले धेरैकुरा सिक्न सक्नुपर्ने बताए ।
उनले सिंङ्गाे समाज रुपान्तरणका लागि जीवन समर्पण गरेकाे भन्दै मन बहादुर राई जस्ता कर्मबिरहरुकाे सम्मानका लागि राज्यले छुट्टै नीति निर्माण गर्न आवश्यक रहेकाेमा जाेड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *