जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने - साझाकुरा
सोमवार, मंसिर १७, २०८१

जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा भवन निर्माण गरिने


editor@sajhakura September 13, 2024

भाद्र २८

खाँदबारी नगरपालिका भित्र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने भवनको सम्झौता गरिएको छ । यसबर्ष खाँदबारी नगरपालिका वडा नं. १ र ४ र ११ बाहेक अन्य वडामा निर्माण गरिन लागेको १३ वटा भवनको सम्झौता सम्पन्न भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।
बुधबार खाँदबारी नगरपालिकाको कार्यालयमा नगरभित्रका १३ जना ब्यक्तिसँग जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि संम्झौता गरिएको नगरपालिकाका मेयर महेश थपलियाका स्वकिय सचिव गोकुल खनालले जानकारी दिए । नगरभित्रका दलित र विपन्न समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि शहरी बिकास धनकुटाबाट प्राप्त योजना बिभिन्न चरणमा छनौट प्रकृया पुरा गरि लाभग्राही छनौट गरिएको उनले बताए ।

खाँदबारी नगरपालिका वडा नं. १,४ र ११ बाहेक २,३,५,६,७,९, र १० मा एक एक वटा र वडा नं. ८ मा ६ वट भवनहरु निर्माण गरिने जानकारी दिए । जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि प्रति घरधुरी रु ३ लाख ५० हजार उपलब्ध गराईने खाँदबारी नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *