चितवनको भरतपुर महानगरपालिकाले जाजरकोटका भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरको छ । जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाको आइतवार बसेको ८७ औँ कार्यपालिका बैठकले जाजरकोटका भुकम्प प्रभावितको खोज, उद्धार, राहत, उपचार र पुनस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिईन् ।
भुकम्प प्रभावितका लागि उपलब्ध गराईने एक करोड जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलव र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ब्यहोरिने भरतपुर महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका प्रमुख दाहालले यतिवेला भुकम्प प्रभावीतहरु अत्यन्त कष्टपुर्ण अवस्थामा रहेकाले उनिहरुको न्युनत्तम आवश्यकता पुरा गर्न सबैको दायित्व रहेको बताउँदै मानवीय सम्वन्धले एक ठाउँमा नेपालीलाई परेको पिंडामा सबै ठाउँका सबैले सकेको सहयोग गर्न पर्ने धारणा राखेकि छिन् । भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि उनले सम्पुर्ण संघसंस्था र भरतपुरवासीलाई समेत अनुरोध गरेकि छिन् ।